शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्बेडोस बन्यो विश्वको कान्छो गणतन्त्र

बुधबार, १५ मङ्सिर २०७८, ०७ : २१
बुधबार, १५ मङ्सिर २०७८

क्यारेबियन टापु देश बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको छ ।  ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र देश बनेको हो ।

राजधानी सहरक ब्रिजटाउनमा आयोजित एक समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको सपथ खुवाइएको थियो । बार्बेडोस स्वतन्त्र भएको ५५ औँ वार्षिकीको अवसर पारेर समारोह आयोजना भएको थियो । 

समारोहमा बेलायतका युवराज चार्ल्स तथा बार्बेडियाकी गायिका रिहानाको उपस्थिति थियो । सो अवसरमा युवराज चार्ल्सले बार्बेडोसले विगतमा दासता भोगेको बताएका थिए । समारोहमा बेलायतकी महारानीले बार्बेडोसलाई पठाएको शुभकामना पढिएको थियो । महारानीले बार्बेडोसको सुख, शान्ति र समृद्धिको कामना गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप