राप्रपाको महाधिवेशन आज, थापा र लिङ्देन भिड्दै
![राप्रपाको महाधिवेशन आज, थापा र लिङ्देन भिड्दै](https://rpcdn.ratopati.com/media/albums/kamal_tahapa_rajendra_linden_uts9fFPc31.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् । लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणापनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।
महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती