बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आजदेखि सर्वोच्चमा गोला प्रणाली

बुधबार, १५ मङ्सिर २०७८, ०६ : ५७
बुधबार, १५ मङ्सिर २०७८

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न  उठेको  भन्दै  न्यायाधीशहरूले इजलास बहिष्कार  गर्दै आइरहेका थिए ।

पेसी तोक्नका लागि गोला  प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली  कार्यान्वयन  गर्ने बारेको  सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ । यसअघि न्यायाधीश  हरिकृष्ण  कार्की  नेतृत्वको  समितिले  न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता रोक्न गोला प्रणालीमा जानुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप