मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमनपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङ्ख्या केही बढाउने सम्बन्धमा गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक तयारी भइरहेको र बैठक बसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिइने जानकारी दिए ।
उनले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने जनाउँदै आर्थिक स्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताए । मुख्यमन्त्री राईले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको बोर्डलाई सच्चाउने जानकारी दिए ।
उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भइसकेको जानकारी दिँदै दललाई इमेल पठाइएको र बैठक बसी सार्वजनिक गरिने बताए । मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि कार्यदल गठन गर्ने, प्रक्रिया अगाडि बढाउने र संसद्को बैठकमा प्रवेश गराई बहुपक्षीय छलफल एवं सहमतिमा टुङ्ग्याउन सरकारको ध्यान गएको प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम