
सकियो एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक, अर्को बैठक मंसिर २५ गते

नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।
केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ