
प्रेस सेन्टर नेपाल ललितपुरको अध्यक्षमा कार्की, काठमाडौंमा बराल

काठमाडौं । प्रेस सेन्टर नेपाल, ललितपुरको चौथो जिल्ला अधिवेशनले रामहरि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा गोपाल आलेमगर र केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवमा अनिल पन्त, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल र सदस्यहरूमा सक्षम अधिकारी र पवन पन्तलाई चयन गरेको हो ।
जिल्ला अधिवेशनकै क्रममा रातोपाटीकर्मी राजकुमार सिग्देललाई ‘मिलन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सिग्देललाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यसैबीच, प्रेस सेन्टर नेपाल, काठमाडौंको जिल्ला अधिवेशनले गोकर्ण बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला र वुद्ध योन्जन, कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत चुनिएका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ