
१६ वर्षीया किशोरीलाई बनिन् एक दिनको लागि गापा अध्यक्ष

किसन साह
सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ वर्षकी अञ्जली कुमारी साहलाई उक्त गाउँपालिको अध्यक्षको पदमा एक दिनको लागि नियुक्त गरिएको हो।
"सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गापा अध्यक्ष किशुनदेव रायले साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका थिए । बालबालिकाको नेतृत्व विकास र बाल सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले उनलाई पदको जिम्मेवारी दिइएको हो । 'जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण व्यक्तिलाई एक दिनको लागि यस किसिमको जिम्मेवारी दिइएको छ । यसअघि कुनै पनि पालिका तथा निकायले यस्तो गरिएको थिएन,' गापा अध्यक्ष रायले बताए ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ