शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१५ कलेजलाई पीसीएल नर्सिङ भर्ना नलिन चिकित्सा शिक्षा आयोगको निर्देशन

मङ्गलबार, १४ मङ्सिर २०७८, २१ : ३१
मङ्गलबार, १४ मङ्सिर २०७८

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले भर्ना खुलाउने निर्णय गरेका १५ वटा कलेजमा पीसीएल नर्सिङको भर्ना रोक्न सरकारले निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजमा पीसीएल नर्सिङ भर्ना रोक्न सीटीइभीटीलाई निर्देशन दिएको हो ।

सीटीइभीटीले चिकित्सा शिक्षा ऐन विपरीत र आयोगको निर्णयसमेतको अवज्ञा गरी भर्ना खुलाएको भन्दै भर्ना रोक्न निर्देशन दिएको हो । आयोगले सूचना प्रकाशित गरी सीटीइभीटीसँगै विश्वविद्यालय र प्रतिष्ठानहरुलाई समेत निर्देशन दिएको छ ।

आयोगले विश्वविद्यालय/प्रतिष्ठानहरु र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने प्रस्ट पार्दै आयोगको २०७७ साउन ३० को बैठकबाट शैक्षिक सत्र २०७७/७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने निर्णय भएको स्मरण गराएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयको सूचनामा त्यस्ता शिक्षण संस्थामा विद्यार्थीलाई भर्नाका लागि सिट संख्यासमेत तोकेको पाइएकाले विश्वविद्यालयहरुलाई आफ्नो सम्बन्धन भएका त्यस्ता कलेजमा भर्ना नगर्ने र नगराउने प्रवन्ध अविलम्ब मिलाउन चिकित्सा शिक्षा आयोगले सूचनामार्फत निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप