शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

अध्यक्षको मनोनयन पत्र दर्ता गर्न १० लाख दस्तुर लाग्ने
मङ्गलबार, १४ मङ्सिर २०७८, २१ : २७
मङ्गलबार, १४ मङ्सिर २०७८

गैर आवासीय नपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्धको मुद्दामा अदालत पाटनले अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न र नगराउन भनेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसहित ५३ जनाको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ । यस अन्तरगत डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र डिसेम्बर २६ र २७ मा मतदान गर्ने कार्यतालिका तय गरिएको छ । उम्मेदवारहरू संघको विधान बमोजिम योग्यता पुगेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

अध्यक्ष पदका लागि १० लाख नेपाली रुपैयाँ दस्तुर लाग्ने छ भने उपाध्यक्षका लागि ७ लाख रुपैयाँ र महासचिवका लागि ६ लाख रुपैयाँ दस्तुर तय गरिएको छ । हेर्नुहोस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप