शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले नीति ल्यायो, नेतृत्व अरुको हातमा हुँदा समस्या भयो : शक्ति बस्नेत

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : ४८
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेको बताएका छन् । यद्यपि, नेतृत्व अन्य दलहरूको हातमा हुँदा कार्यान्वयनको पक्ष फितलो भएको उनले बताए ।

मंगलबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्दै बस्नेतले देशमा गणतन्त्र ल्याउन, संविधानसभाबाट संविधान ल्याउन माओवादीको महत्वपूर्ण भूमिका रहेको बताए । तर, अन्य दलभित्र केही प्रतिगामी सोच भएका व्यक्तिहरुले गर्दा संविधान कार्यान्वयनमा समस्या भएको उनले बताए । बस्नेतले संविधानमा समाजवादको कुरा उल्लेख भएकाले समाजवादका विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप