बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

औपचारिक रुपमा सकियो एमाले महाधिवेशन

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : २२
मङ्गलबार, १४ मङ्सिर २०७८

एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् । 

एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।

एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।

महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप