बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार, लिएनन् शपथ

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : १९
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् । 

पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।

भीम रावलले भने सपथ खाएनन् । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।


रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने रावलको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप