ad
x

चुनावको माहोल बन्दैछ : प्रचण्ड

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या गर्दै उनले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।


पार्टीका केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को शोकसभामा अध्यक्ष प्रचण्डले चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेको पनि बताए । उनले चुनाव निष्पक्ष हुनुपर्नेमा सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे ।



अहिले अप्ठ्यारो परिस्थितिमा गुज्रिँदै गरेको देशलाई नयाँ राजनीतिक दिशा र विकासतिर लैजाने जमर्को आफूहरुले गरेको उनको भनाइ थियो । उनले समझदारी र सहकार्य सहित देशलाई समृद्धितर्फ लैजान दलहरूको सहकार्य आवश्यक रहेको प्रस्ट पारे ।



उनले रामप्रसाद बन्जाडे (टंकमणि)लाई विशेष क्षमता भएको व्यक्तिका रुपमा आफूले चिनेको भन्दै क्रान्तिको बेलामा जीवनकै खतराको बीच पनि जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे । बन्जाडेको केही दिनअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।