अनुशासन बिनाको पार्टी बजारमात्र हुन्छ : ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उल्लंघन सैह्य नहुने बताएका छन् । उनले पार्टीको दशौं महाधिवेशन अन्तर्गत मंगलबार बन्द सत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई विशेष निर्देशन दिँदै यस्तो बताएका हुन् ।
‘पार्टीभित्र अनुशासनको स्थिति के छ, अनुशासन उल्लंघन भएमा तिनलाई हटाउन के कस्ता उपाय अपनाउने, अनुशासन उल्लंघन हुन लाग्दा पनि सचेत गराउने काम दृढताका साथ गर्नुपर्छ,’ उनले भने । पार्टीमा अनुशासन कायम गर्ने कुरामा दृढताका साथ कदम चाल्न निर्देशन दिँदै उनले भने, ‘अनुशासन उल्लंघन सैहय हुन सक्दैन । अनुशासन बिनाको पार्टी बजारमात्र हुन्छ, पार्टी हुँदैन ।’
उनले अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । त्यो एकीकरण पार्टी–पार्टीबीच नभई कार्यकर्ता एकीकरणको अभियान हुने उनले प्रस्ट पारे । उनले भने, ‘विभिन्न पार्टीबाट कार्यकर्ता ल्याउनुपर्छ र पार्टीमा प्रवेश गराएर यो पार्टीलाई माथि उठाउनु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधि भित्रियो, व्यवस्थापन शून्य
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति