बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एकीकृत समाजवादीको प्रमुख सचेतकमा  ओली

मङ्गलबार, १४ मङ्सिर २०७८, १९ : २१
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा (एकीकृत समाजवादी) दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद देवी ओली नियुक्ती भएकी छिन्। मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद ओलीले रातोपाटीलाई जानकारी दिइन् । 

ओलीले भनिन्,‘ प्रदेशसभा भित्रको कार्य व्यवस्थाभित्र पनि समाजवादी दलको सहभागिता हुनुपर्ने माग सहित मलाई नै त्यहाँ पठाउने भनिएको  छ। ’ 
एकीकृत समाजवादी दल कर्णालीमा सबैभन्दा सानो दलको रुपमा रहेका छ । यद्यपि, समाजवादीले वैशाख ३ को सम्झौता अनुसार तीन मन्त्रालय नछाड्ने अडानमा छ । यसअघि दलका नेता चन्द्रबहादुर शाही भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भइसकेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप