शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिग्रीको गीतमा धुर्मुस–सुन्तलीको अभिनय

मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : ४७
मङ्गलबार, १४ मङ्सिर २०७८

सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष पुगेको उपलक्ष्यको अवसर पारेर गीत सार्वजनिक गरिएको छ । 
गीत गायनमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

भिडियोमा सिताराम र कुञ्जनाकै अभिनय रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप