शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको गृह जिल्लाका नेताहरूद्वारा सानेपाको रिले अनसन स्थगित

मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : २४
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले रिले अनसन स्थगित भएको छ । डडेल्धुरामा पुन अधिवेशनको माग राखी मंसिर १ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनसन मल्ल समूहले मंगलबार स्थगित गरेको हो ।

 सोमबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको निर्वाचनलाई मान्यता दिएपछि आज काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा मल्ल पक्षले अनसन स्थगित गरेको छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै मल्ल समूहले डडेल्धुरामा काँग्रेसका सबै अधिवेशन बहिस्कार गरेको थियो ।

पौडेल पक्षको बहिष्कारमा बीच डडेल्धुरामा जिल्ला अधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व आइसकेको छ । अधिवेशनमार्फत डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउद निर्वाचित भएका छन् । 

मल्ल समूह भने १५ औं महाधिवेशनसम्मका लागि काँग्रेसको जिम्मेवारीबाट आउट हुन पुगेको छ । निवर्तमान जिल्ला सभापति मल्लले भने निर्वाचन समितिको निर्णय आफूलाई स्वीकार्य नभएको बताएका छन् । ‘निर्वाचन समिति मालिकप्रति इमान्दार हुने सेवकजस्तै भयो । विवेक बन्धक राखेर चाकरजस्तै भएर दिएको निर्णय स्वीकार्य हुँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप