शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सदस्य सचिव घिसिङले लिए राखेपको जिम्मेवारी (तस्बिरहरु)

मङ्गलबार, १४ मङ्सिर २०७८, १७ : ५६
मङ्गलबार, १४ मङ्सिर २०७८

मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।  सपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण पनि गरेका छन् । पदभार ग्रहण गरेसँगै घिसिङले राष्ट्रिय खेलाडीको विमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए । 

उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ दिलाएका थिए । सपथ पछि  बोल्दै सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारमा विशेष जोड दिँदै अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न योग्य बनाउने योजना रहेको बताए । 

नवनियुक्त सदस्य सचिवलाई सपथ ग्रहण गराएपछि बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषदले नेतृत्व पाएको र चलायमान हुन नसकेका खेलकुद गतिविधि जेट विमान जस्तै रफ्तारमा अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

सोमबार बसेको मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।  नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका घिसिङलाई मन्त्री गहतराजको प्रस्तावमा चार वर्षको लागि नियुक्त गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप