बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मदिराको विज्ञापन गर्न पाउनुपर्ने माग

मङ्गलबार, १४ मङ्सिर २०७८, १७ : ३३
मङ्गलबार, १४ मङ्सिर २०७८

विज्ञापन बोर्डका विरुद्ध विभिन्न पाँच संघ एकताबद्ध भएका छन् । विज्ञापन बोर्डले मदिरा, चुरोट र सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञान नगर्न निर्देशन दिएपछि पाँच संघ एकजुट भएका हुन् । विज्ञापन बोर्डले लिएको नीतिविरुद्ध नेपाल विज्ञापन संघ, मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुटबल संघ एक ठाउँ उभिएका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको नितीले नेपालको विज्ञापन व्यवसाय नै धरासायी बन्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी जारी गरेको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला भएकाले नेपालमा पनि यस्ता वस्तुको विज्ञापन प्रसारण गर्न पाउनुपर्ने उनीहरुले माग राखेका छन् ।

नेपालमा विश्वभरवाट मदिरा आपूर्ति हुने गरेको सर्वविदितै छ । ‘यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाएपनि विदेशी मिडिया वा सामजिक सञ्जाल मार्फत विज्ञापन गरी नेपाली उपभोक्ता माझ प्रवद्र्धन गर्ने विकल्प बाँकी नै छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमवाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवद्र्धन गर्न पाउने अवस्था छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप