बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नैनसिंह महरद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मङ्गलबार, १४ मङ्सिर २०७८, १७ : २९
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली काँग्रेस युवा नैनसिंह महरले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य मा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । 

 ‘यसपालि म केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु,’ उनले भने, ‘म कुनै पनि पदमा दोहोरिएर बस्दिनँ।’ उनले पार्टीको कुनै पनि पदमा एकपटक भन्दा बढी पटक नबस्ने र  पार्टीको क्रियाशील सदस्यताका लागि परीक्षाको व्यवस्था गर्नुपर्ने पनि बताए। 

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित महरले उम्मेदवारीसँगै १४ एजेन्डा पनि सार्वजनिक गरेका छन्। 


१४ औं महाधिवेशनका १४ ​ एजेन्डा 

१. एक व्यक्ति, एक पद, दुई पटक मात्र 

२. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता 

३. सरकार र पार्टी सञ्चालनका लागि थिंक ट्यांक स्थापना 

४. बीपी विचारको समयसापेक्ष कार्यान्वयन 

५. व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता 

६. रुपान्तरणका लागि युवा कांग्रेस स्थापना 

७. नेतृत्व आवधिक कार्ययोजना महाधिवेशनमै 

८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन 

९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान 

१०. निःशुल्क स्वास्थ्य–शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार 

१२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान 

१३. कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशिता

१४. राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप