
रणवीरको कपिल देव अवतार रहेको फिल्म ‘८३’ को ट्रेलर रिलिज
भारतीय क्रिकेटर कपिल देवको विषयमा बनेको रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ को ट्रेलर सार्वजनिक भएको छ । इमोशन र एक्सनले भरिएको ट्रेलरमा १९८३ मा वर्ल्ड कप जितको खुसी समेत समेटिएको छ ।
फिल्ममा कपिलको भूमिका रणवीरले निर्वाह गरेका छन् । क्रिकेट टिमको खेलमार्फत सुरु भएको ट्रेलरमा रणवीर सिंहलाई दुरुस्तै कपिल देव देख्न सकिन्छ । ट्रेलर अभिनेता रणवीरले मंगलबार इष्टग्राम मार्फत सार्वजनिक गरेका हुन् । ट्रेलरमा देखिएको रणवीरको अभिनयको प्रसंसा धेरैले गरेका छन् ।
३ मिनेट ४९ सेकेन्डको ट्रेलरमा रणवीरमार्फत कपिल देवको जीवन यात्रा देखाउन खोजिएको छ । फिल्ममा पंकज त्रिपाठीले तत्कालिन भारतीय क्रिकेट टीमका व्यवस्थापक पीआरमान सिंहको भूमिका निर्वाह गरेका छन् ।
हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायतका भाषामा रिलिज हुने फिल्ममा दीपिका पादुकोण कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिकामा छिन् । फिल्ममा ताहिर राज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको पनि मुख्य भूमिका छ । फिल्मको रिलिज मिति २४ डिसेम्बर तोकिएको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ