बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारको पहिरो थामिने संकेत, तेस्रो दिन नेप्सेमा सामान्य गिरावट

मङ्गलबार, १४ मङ्सिर २०७८, १७ : १५
मङ्गलबार, १४ मङ्सिर २०७८

केही दिन यताको लगातारको सेयर बजारको पहिरो थामिने संकेत गरेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेसँगै अतालिएको बजार विस्तारै लयमा फर्किन लागेको हो । 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य (१.६४) अंकले मात्र घट्दै २६ सय २८.३७ विन्दुमा अडिएको छ । गत आइतबार र सोमबार यस्तो सुचक अधिकतम ८० अंकर र २१ अंकले घटेको थियो । 

त्यसो त नेप्सेका अनुसार गत दुई दिनसम्म लगातार माइनसमा गएको ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेभिट इन्डेक्स समेत आज ०.१८ अंकले बढ्दै ४९५.६३ विन्दुमा उक्लिएको छ । 
यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानीका उपसूचकहरु ऋणात्मक भएका छन् भने विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, म्युचुअल फन्ड र अन्य उपसूचकहरु धनात्मक भएका छन् । 

आज सबैभन्दा बढी सामलिङ पावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी ब्रिफ प्रोफाइल अफ इनफिनिटी वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले ४.७७ प्रतिशतले गुमाएका छन् । 
१.६४ अंकले घटेको बजारमा आज तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार २१.५१ अंकले घटेको बजारमा ४ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप