मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, १४ मङ्सिर २०७८, १७ : ०७
मङ्गलबार, १४ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा ३२१ जनामा गरिएको नमूना परीक्षणमा २९ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १६ महिला र १३ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ९,बागलुङ ८, म्याग्दी ८,पर्वतमा २ र नवलपरासी पूर्व २ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९३६ पुगेको छ । 

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका – २५ का ६३ बर्षिय पुरुष र बागलुङ जिल्लाको बागलुङ नगरपालिका–७ का ३८ बर्षिय पुरुष रहेका छन् । उनीहरु दुवैको पोखरास्थित पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१९ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौविस घण्टामा  १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ३८१ पुगेको छ भने होम आइसोलेसनमा १३१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या १७६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप