बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान‍्को हत्यामा संलग्न महिला ७ वर्षपछि पक्राउ

मङ्गलबार, १४ मङ्सिर २०७८, १७ : ०३
मङ्गलबार, १४ मङ्सिर २०७८

श्रीमान्को हत्या गरेर फरार रहेकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपहानगरपालिका स्थायी घर भएकी दिलकुमारी सेन छिन् । उनीमाथि आफ्ना पति द्रोणबहादुर सेनको हत्या गरेको आरोप छ ।

२०७१ साल चैत ९ गते दाङ तुलसीपुर नगरपालिका–१० स्थायी घर भई काठमाडौँको थापागाउँ बस्ने सेन धोबीखोलाको सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्था मृत फेला परेका थिए । अनुसन्धानपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा रामेछाप, गोकुलगंगा गाउँपालिका–४ बस्ने ५४ वर्षीय भीमे सार्कीलाई पक्राउ गरेको थियो । उनी काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।्

सोही मुद्दामा फरार रहेकी दिलकुमारीलाई भने गोप्य सूचनाको आधारमा मंसिर १४ गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप