बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादी केन्द्रबाट विन्दमान विष्ट मन्त्री बन्दै

मङ्गलबार, १४ मङ्सिर २०७८, १६ : ५८
मङ्गलबार, १४ मङ्सिर २०७८

कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट मंगलबार एकजना मन्त्री सरकारमा सहभागी हुने भएका छन्। त्यसका लागि मंगलबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठक बसेर छलफल भएको छ । 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टका अनुसार सांसद विन्दमान विष्टलाई सरकारमा पठाइने निर्णय भएको हो ।  उनले भने,‘ सायद आज नै शपथ पनि हुन्छ । यद्यपि, अहिले कुन मन्त्रालय पाउने भन्नेबारेमा भने टुङ्गो लागिसकेको छैन।’

मुख्यमन्त्री जीवनबहादुर शाहीको नीजि सचिवालयका अनुसार विष्टको आजै शपथ ग्रहण हुनेछ । उनलाई कुन मन्त्रालय दिने भन्ने कुरा प्रष्ट भएको छैन । स्रोतका अनुसार अहिले आन्तरिक मामिला तथा कानुन र भौतिक मन्त्रालयको ‘लबिङ’ भइरहेको छ।

विष्ट यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा हुँदा मन्त्री भएर पनि शपथ ग्रहण गर्ने समयमा उनलाई ब्याक गराइएको थियो । माओवादी केन्द्रबाट सरकारमा सहभागि हुनेमा उनी यो पटक पहिलो मन्त्री हुन् । जीवनबहादुर शाहीले यसअघि एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप