शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आफूलाई तटस्थ राख्दै पशुपति शमशेर राणाले भने– सर्वसम्मतिका लागि प्रयास गर्छु

मङ्गलबार, १४ मङ्सिर २०७८, १६ : ५०
मङ्गलबार, १४ मङ्सिर २०७८

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धाबाट आफू अलग रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै राणाले सर्वसम्मत् रुपमा नेतृत्व चयन होस् भन्ने उद्देश्यका साथ आफूले उम्मेदवारी पनि नदिने र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका दुवैको पक्षमा नखुल्ने बताएका हुन् ।

उनले आफू नेतृत्वका लागि हुने निर्वाचन प्रक्रियाबाट अलग रहे पनि पार्टीको जीवनबाट अलग नहुने अरु अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गर्ने बताए । ‘सर्वसम्मतिका लागि प्रयत्न गर्छु,’ उनले भने, ‘सकभर यो पार्टीको अध्यक्ष सर्वसम्मत गराउन प्रयास गर्छु ।’

अध्यक्ष पदका लागि निर्वाचन नै नगरी नेतृत्व चयन गर्नु सबैभन्दा उत्तम हुने उनको भनाइ छ । उनले भने, ‘सर्वसम्मतिबाट राप्रपाको अध्यक्ष बनोस् भन्ने मेरो चाहना हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप