शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भीम आचार्य र टंक कार्की सचिवमा पराजित

मङ्गलबार, १४ मङ्सिर २०७८, १६ : ०६
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् । यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप