शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मैथिली साहित्यकार सभाद्वारा जनगणना सच्याउन माग

मङ्गलबार, १४ मङ्सिर २०७८, १५ : २२
मङ्गलबार, १४ मङ्सिर २०७८

राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटी भएको भन्दै मैथिली साहित्यकार सभाले सच्याउन माग गरेको छ । मैथिली साहित्यकार सभाले तथ्याङ्क कार्यालय धनुषामार्फत् केन्द्रीय तथ्याङ्क विभागलाई एक ज्ञापन पत्र पठाउँदै त्रुटी सच्याउन माग गरेको हो ।

गणकहरु सबैका घरमा तथ्याङ्क संकलन गर्न नगएको, डटपेनको सट्टा सिसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर त्रुटी विभिन्न पालिकामा देखिएको भन्दै ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएको छ ।

केही जातिवादी, कवीरपन्थी संघ–संस्था तथा मगही र बज्जिका अभियन्ताहरुको निर्देशनमा मैथिलीभाषीको संख्या घटाउन झापादेखि रौतहटसम्म षड्यन्त्रमूलक ढंगले गलत तथ्याङ्क लिइएको तथ्याङ्क कार्यालयमा पठाइएको विभिन्न प्रमाणबाट प्रमाणित भइसकेको ज्ञपानपत्रमा दावी गरिएको छ ।

मैथिली भाषाभाषी जिल्लाहरुबाट पठाइएको जनगणनासम्बन्धी तथ्याङ्कको छानविन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकहरुमाथि कारवाही गर्नसमेत माग गरिएको छ । साथै, तथ्याङ्क बंग्याइएका क्षेत्रमा पुनः अर्को जनगणना टोली खटाउन विज्ञप्तीमार्फत् अनुरोधसमेत गरिएको छ ।

यता प्रदेश २ प्रदेश जनगणना कार्यालयले तथ्याङ्क संकलन गर्ने काम सम्पन्न भएको जनाएको छ । कार्यालय प्रमुख विमल कुमार यादवले केही छुटेकालाई मंसिर १५ सम्म जनगणना कार्यालयमा आएर फारम भर्न अनुरोध गरे । उनले भाषा र धर्मका नाममा विवाद गरेका गणकलाई कारवाही गरेको र सचेत गराइएको समेत बताए ।

मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको नेतृत्वमा जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले प्रदेश २ जनगणना कार्यालय तथा तथ्याङ्क विभागका प्रमुख विमलकुमार यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप