एमाले महाधिवेशन : गणना सकिएपछि मात्र मत परिणाम सार्वजनिक गरिने
मङ्गलबार, १४ मङ्सिर २०७८, १४ : ४८
![एमाले महाधिवेशन : गणना सकिएपछि मात्र मत परिणाम सार्वजनिक गरिने](https://rpcdn.ratopati.com/media/albums/bijay-subba_sStWQaqbw9.jpg)
नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक हुने जनाइएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार मत गणना जारी रहेको र चरणबद्ध रूपमा नभई एकै पटक सबै मत परिणाम सार्वजनिक गर्ने तयारी छ । उनले बाहिर सार्वजनिक भएका मत परिणाम आधिकारिक नभएको र त्यसको सत्यता आफूहरूले पुष्टि गर्न नसक्ने पनि प्रस्ट पारे ।
‘हामीले अहिलेसम्म मत परिणाम सार्वजनिक गरेका छैनौँ,’ उनले भने, ‘हामी एकैपटक सबै मत परिणाम सार्वजनिक गर्ने योजनामा छौँ ।’उनले अब करिब डेढ घण्टापछि मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूले पाए पार्टीको जिम्मेवारी, रावलले गरे अस्वीकार
-
नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी छ : अख्तियार प्रमुख राई
-
भन्सार घटेपछि पनि सुनको मूल्य नयाँ रेकर्ड नजिक
-
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै
-
चर्चामा करिनाको रहस्यमय पोस्ट
-
खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी