शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा लागु औषध नाईट्राभेटसहित २ युवा पक्राउ

मङ्गलबार, १४ मङ्सिर २०७८, १४ : ४६
मङ्गलबार, १४ मङ्सिर २०७८

रौतहट प्रहरीले लागु औषध नाईट्रोभेट ट्याब्लेट सहित २ जना  युवालाई पक्राउ गरेको छ ।  गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसभित्र खाजा नास्ता खान बसेको २ जना व्यक्तिले लागु औषध बोकी ल्याएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको  प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  गौर नगरपालिका वडा नं ४ टिकुलिया बस्ने वर्ष १९ को रोशन कुमार सहनी र सोही ठाउँ का  वर्ष २४ को टिन्कु कुमार सिंह रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । उनीहरूको साथबाट २०० पत्तामा ३००० तिन हजार ट्याब्लेट लागु औषध नाईट्रोभेट र BR.05AL-4069 नम्बरको मोटरसाइकल बरामद भएको एसपी घिमिरेले  जानकारी दिए । दुवै जनालाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप