शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणना सुरु : ३ बजे भित्र परिणाम आउने

मङ्गलबार, १४ मङ्सिर २०७८, १३ : २४
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले अबको अढाई घण्टाभित्र मत परिमाण आउने सक्ने बताएका छन् ।

‘६९ वटा भोटिङ मेसिनमा मत रेकर्ड भएको छ । हरेक मेसिनबाट रेकर्ड संकलन गर्ने काम भइरहेको छ । सबै मेसिनबाट आएको तथ्यांकलाई जोडेर कुन उम्मेदवारले कति मत ल्यायो भने थाहा हुन्छ,’ उनले भने, ‘ढिलोमा तीन बजेभित्र सबै परिणाम आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप