रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा
मङ्गलबार, १४ मङ्सिर २०७८, १३ : ०५
रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए ।
विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको २ थान मोटरलगायत टोलीले बरामद गरेको छ । उनीहरुलाई नियमानुसार जरिवाना गराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)