बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरबाट ५ जना जुवाडे पक्राउ

मङ्गलबार, १४ मङ्सिर २०७८, १२ : ४३
मङ्गलबार, १४ मङ्सिर २०७८

काठमाडौँको कोटेश्वरबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका जुवाडेहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, काठमाडौँ–३२ पेप्सीकोला घर भएका नवराज थपलिया, काभ्रे घर भएका दीपक तामाङ र दीपक तिमल्सिना तथा रामेछापको खाँडादेवी घर भएका सागर केसी छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जुवा खालबाट ६ लाख ५८ हजार नगद र २० बुक तास बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप