शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्व परिवर्तनमात्र होइन, हामी आमूल परिवर्तनको पक्षमा छौं : धवलशमशेर राणा

मङ्गलबार, १४ मङ्सिर २०७८, १२ : ०९
मङ्गलबार, १४ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले पार्टीमा आमूल परिवर्तन गर्ने अभियानमा आफूहरु रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी ६ महिना, एक वर्षमा पार्टीलाई कम्युनिस्ट र काँग्रेसको जरो उखेलेर फाल्ने अभियानको एउटा चरणमा लैजाने बताए ।

उनले एउटा अध्यक्ष गएर अर्को अध्यक्ष आउँदैमा पार्टी अगाडि नबढ्ने भन्दै आफूहरु नेतृत्व परिवर्तनको पक्षमा मात्र नरहेर नयाँ सोच, नयाँ विचार लिएर आमूल परिवर्तन गर्ने अठोटका साथ अघि बढेको बताए ।

उनले भने, ‘पार्टीको नीति र कार्यक्रम हाम्रो अजेण्डा हो । यसमा कुनै प्रकारको फेरबदल गर्नुपर्ने आवश्यकता छैन ।’ पार्टी सञ्चालन गर्ने विधि, प्रकृयालाई भने परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेताको जेबबाट निस्किने पार्टी हुनेछैन, एक व्यक्ति एक पद लागू गरिने छ र एक व्यक्तिले दुई कार्यकालभन्दा बढी कार्यकारी भूमिका लिने पद्धति अन्त्य गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप