शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगातारको दुई महाधिवेशनमा एमालेले सक्यो झण्डै १४ करोड

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : ५१
मङ्गलबार, १४ मङ्सिर २०७८

लगातारको दुई महाधिवेशनमा एमालेले झण्डै १४ करोड रुपैयाँ सकेको छ । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । यस्तै केही महिनाअघि ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले निर्धारित समयभन्दा दुई दिन लम्बिएको १० औं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको भएको छ । 

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । 

‘दुई दिन महाधिवेशन लुम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’ 

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप