शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानबारे के भन्छन् भीम रावल ? (भिडियोसहित)

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : ५०
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो धारणा अनुसार नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा थियो । निर्वाचन सो धारणा अनुरूप नै भएको ठानेको छु’, मतदान सम्पन्न भएपछि सौराहास्थित सेभेनस्टार होटल परिसरमा रावलले भने । 

उनले मतदानका क्रममा आचारसंहिताविपरितको गतिविधि भएकोप्रति भने उनले असन्तुष्टि जनाए । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले निर्वाचन आयोगलाई जानकारी गराएको र प्रहरीलाई पनि त्यस्तो  गतिविधि हुन नदिन आग्रह गरेको रावलले बताए । 

‘मतदानका क्रममा केही कुराहरू भएका छन् दुई चारवटा, त्यसको मैले सार्वजनिक आलोचना गरेको छु । हाम्रो पार्टीको चुनावी आचार संहिताअनुसार  समूहगत सूची बाँड्न नपाउने भन्ने थियो । त्यसबारे आयोग जानकारी र सुरक्षाकर्मीलाई भनेको थिएँ, तर त्यो कार्य बन्द भएन’, उनले भने, ‘विरोध गर्दा हातपातको प्रयास पनि भयो ।’

​उनले मतदान विद्युतीय यन्त्र उपकरणको माध्यमबाट पहिलो पटक प्रयोग भएकाले राम्रै भयो होला भन्ने आफूले ठानेको पनि बताए ।  रावलले मतगणनाका लागि तयारी भइरहेको पनि बताए । उनले आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी नरहेको र अध्यक्षमा मात्रै उम्मेदवारी रहेको कुरा आयोगलाई जानकारी गराएको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप