शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बर्दिया सभापतिमा संस्थापन पक्षका राठौर निर्वाचित

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : ४५
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली काँग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् । राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ ।

उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।  राठौर संस्थापन समूहका हुन् । संस्थापनइतरका चौधरी लुम्बिनी प्रदेशका सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप