शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसमको ‘सुपरफुड’ हो गाजर, थाहा पाउनुहोस् यो खानुका ६ फाइदा

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : ३१
मङ्गलबार, १४ मङ्सिर २०७८

गाजरलाई चिसो मौसमको सुपर फुड मानिन्छ । यो स्वादिष्ट हुनुका साथै विभिन्न प्रकारको पोषक तत्वले पनि भरपूर हुन्छ । आधा कप गाजरमा २५ क्यालोरी, ६ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ३ ग्राम सुगर र ०.५ ग्राम प्रोटिन हुन्छ । गाजरमा भिटामिन ए, के, सी, पोटासियम, फाइबर, क्याल्सियम र आइरनजस्ता सबै आवश्यक भिटामिन र मिनरल्स हुन्छन् । गाजरमा निकै राम्रो एन्टीअक्सिडेन्ट पनि पाइन्छ जुन निकै लाभदायी हुन्छ । गाजर खाँदा शरीरलाई कस्ता कस्ता फाइदा पुग्छन्, त्यसबारे जानकारी लिऔं ।

आँखाका लागि फाइदाजनकः

गाजर आँखाका लागि निकै फाइदाजनक मानिन्छ । यसमा बिटा–क्यारोटिन भरपूर मात्रामा हुन्छ जुन शरीरमा पुगेर भिटामिन ‘ए’ मा परिवर्तन हुन्छ । यो भिटामिन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यो बिटा क्यारोटिनले चर्को घामबाट आँखालाई हुने हानीबाट जोगाउँछ र मोतीबिन्दु र आँखाका अन्य समस्याको सम्भावनालाई पनि कम गर्छ । गाजरमा ल्यूटिन हुन्छ । शोधका अनुसार यसले उमेरसँगै आँखामा देखिने समस्यालाई पनि कम गर्छ ।

क्यान्सरको खतरा कम गर्छः

गाजरले क्यान्सरको सम्भावनालाई कम गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले तपाईंको शरीरमा हानिकारक फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ । गाजरमा दुई मुख्य प्रकारका एन्टीअक्सिडेन्ट केरोटीनोयर र एन्थोसायनिन हुन्छन् । क्यान्सरसँग लड्नका लागि यो एन्टीअक्सिडेृन्ट निकै आवश्यक हुन्छ । केरोटिानोयडकमा कारण गाजर, सुन्तला रङको वा पहेँलो हुन्छ जबकी एन्गोसायनिनले यसको रङ रातो र प्याजी रङको हुन्छ ।

मुटुका लागि फाइदाजनकः

गाजर मुटुका लागि पनि निकै फाइदाजनक हुन्छ । यसको एन्टिअक्सिडेन्ट मुटुका लागि पनि फाइदाजनक छ । यसबाहेक गाजरमा भएको पोटासियमले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । गाजरमा पाइने फाइबरले तौल नियन्त्रण गर्छ र मुटु रोगको सम्भावना कम गर्छ । रातो गाजरमा लाइकोपिन पनि हुन्छ जसले मुटुरोगलाई रोक्छ ।

प्रतिरोधी क्षमतालाई पनि बढाउँछः

प्रतिरोधी क्षमता बढाउनमा पनि गाजर निकै फाइदाजनक छ । यसमा पाइने भिटामिन सी शरीरमा एन्टीबडिज बनाउनमा पनि मद्दत गर्छ जसले प्रतिरोधी प्रणालीलाई बचाउँछ । भिटामिन सीले तपाईंको शरीरलाई आइरन लिन र यसको उपयोग गर्नुका साथै संक्रमण रोक्न पनि मद्दत गर्छ ।

कब्जियतको समस्या टाढा राख्छः

कब्जियतको समस्याबाट बचाउनमा गाजर निकै फाइदाजनक छ । यदि तपाईंको पेट सफा हुँदैन भने तपाईंले काँचो गाजर खानुपर्छ । यसमा भएको फाइबरले कब्जियतलाई कम गर्छ । यसबाहेक गाजरमा क्याल्सियम र भिटामिन के हुन्छ, यी दुबैले हड्डी बलियो बनाउँछन् ।

मधुमेहलाई नियन्त्रण गर्छः

गाजरले मधुमेहलाई पनि नियन्त्रणमा राख्छ । मधुमेहका बिरामीले गाजरसहित बिना स्टार्च भएको तरकारी खान सल्लाह दिइन्छ । गाजरमा भएको फाइबरले ब्लड सुगरको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । गाजरको भिटामिन ए र बिटा क्यारोटिनले मधुमेह हुने सम्भावाना पनि कम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप