शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि घट्यो सुनको भाउ

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : २१
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली बजारमा सुनको भाउ घढ्दोक्रममा रहेको छ । गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुनः एक सय रुपैयाँले घट्न पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ । 

तर, यता चाँदीको मूल्य भने गत सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप