शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओमिक्रोनका कारण संसारभरी कोरोनाभाइरसको खतरा पुनः बढ्यो : डब्ल्यूएचओ

मङ्गलबार, १४ मङ्सिर २०७८, १० : ५५
मङ्गलबार, १४ मङ्सिर २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशलाई गरिब देशलाई खोप उपलब्ध गराउन अपिल गर्दै कोभिड–१९ को खतरा अहिले नै नरोकिएको चेतावनी दिए । यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो नयाँ भेरियन्टबारे पत्ता लागेको हो । सुरुवाती प्रमाणको आधारमा नयाँ भेरियन्टको म्युटेशन निकै धेरै भएको र संक्रमणको खतरा धेरै नै भएको बताइएको छ ।

यो भेरियन्टबारे तुरुन्त जानकारी दिएकोमा दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ । डब्ल्यूएचओले आफ्नो एक बयानमा भनेको छ, ‘यो भेरियन्ट निकै तीब्र रुपमा म्युटेट भइरहेको र यसमा केही म्युटेशन चिन्ताको विषय हो ।’

सोमबार डा. टेड्रोसले संसारभरीका वैज्ञानिकले नयाँ भेरियन्ट कति तीब्र गतिमा सर्छ र भ्याक्सिनमा यो नयाँ भेरियन्टले कस्तो प्रतिक्रिया दिइन्छ भनेर पत्ता लगाउनमा जुटेका छन् ।

उनले भने, ‘हामीमध्ये धेरैले कोभिड–१९ लाई हराइसकेको सोचेका थियौं । ओमिक्रोन देखिएपछि थाहा हुन्छ कि यस्तो छैन । ’

हालसम्म नयाँ भेरियन्टका कारण कसैको पनि मृत्यु भने नभएको स्वास्थ्य संगठनले स्पष्ट पारेको छ ।

यसअघि डब्ल्यूएचओले शुक्रबार कोभिड–१९ को हालै भेटिएको स्ट्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गर्दै यसको नाम ओमिक्रोन राख्यो ।

भेरियन्ट अफ कन्सर्नको सूचीमा पर्नुको अर्थ अब ओमिक्रोन पनि डेल्टा, अल्फा, बिटा र गामा भेरियन्ट झैं कोरोनाको सबैभन्दा चिन्ताजनक भेरियन्टमध्ये एक हो । यद्यपि, संसारमा हालसम्म सबैभन्दा धेरै विनास डेल्टा भेरियन्टले मच्चाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप