शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बनाउन नसक्ने कुरा भत्काउनु हुँदैन : डा. युवराज खतिवडा

मङ्गलबार, १४ मङ्सिर २०७८, १० : ३५
मङ्गलबार, १४ मङ्सिर २०७८

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले परिवर्तन भन्दैमा आफूले बनाउन नसक्ने कुरा भत्काउन नहुने बताएका छन् । पार्टीको दशौं महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादतर्फ जाने भन्दैमा आफूले निर्माण गर्न नसक्ने संरचनालाई भत्काएर अलपत्र पार्न नहुने बताएका हुन् ।

उनले दशौं महाधिवेशनबाट नेकपा एमाले जनतासँग जोडिएर जनताका सुख–दुःखमा साथ दिने मुख्य राजनीतिक शक्तिका रुपमा अझ क्रियाशील हुने बताए ।

उनले पूँजीवादले सिर्जना गरेको जगबाट समाजवादतर्फ अघि बढेका कारण आफ्नो कार्यकालमा केही निजी क्षेत्रका संस्था भत्काउन नसकेको बताए । उनले प्रश्न गरे, ‘सशस्त्र द्वन्द्वको बेलामा कतिपय त भत्काउनु भयो होला नि, तर बनाउन सकियो त ?’ बनाउन नसकिने कुरा भत्काउनु हुँदैन, त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप