शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल : धोनी र कोहली रिटेन

मङ्गलबार, १४ मङ्सिर २०७८, १० : ३४
मङ्गलबार, १४ मङ्सिर २०७८

ईएसपीएन क्रिकइन्फो एक रिपोर्टअनुसार आईपीएलका ८ टीममध्ये ७ ले आफ्नो खेलाडीलाई नयाँ सिजनका लागि रिटेन गरेका छन् । रिपोर्टमा पञ्जाब किंग्सले मात्र आफ्नो पुराना कुनै पनि खेलाडीलाई साथमा राखेको छैन । फ्रेन्चाइजीले पूरै ९० करोड भारतीय रुपैयाँ लिएर खेलाडीको लिलामीमा भाग लिनेछ । महेन्द्रसिंह धोनी, विराट कोहली र केन विलियम्सनजस्ता स्टार खेलाडीहरुलाई रिटेन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । 

कसले कसलाई रिटेन गरे ?
चेन्नई सुपर किंग्स: रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, मोईन अली
कोलकाता नाइट राइडर्स: सुनील नरेन, आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेंकटेश अय्यर
सनराइजर्स हैदराबाद: केन विलियम्सन
मुंबई इंडियन्स: रोहित शर्मा, जसप्रीत बुमराह
रॉयल च्यालेन्जर्स बैंगलुरु: विराट कोहली, ग्लेन म्याक्सवेल
दिल्ली क्यापिटल्स: ऋषभ पन्त, पृथ्वी शॉ, अक्षर पटेल, एनरिक नोर्त्या
राजस्थान रोयल्स: सञ्जू सैमसन
रिटेनलाई लिएर अहिलेसम्म कुनै पनि फ्रेन्चाइजीले आधिकारिक घोषणा भने गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप