बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘दक्षिण अफ्रिकाबाट बेंगलुरु फर्केका व्यक्तिको संक्रमण डेल्टाभन्दा भिन्न’

मङ्गलबार, १४ मङ्सिर २०७८, १० : ३४
मङ्गलबार, १४ मङ्सिर २०७८

संसारभरी कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टको विषयमा चिन्ता बढेको छ । यो नयाँ भेरियन्टले एकपटक पुनः कोरोनाको संक्रमणको खतरालाई धेरै नै बढाइदिने मान्यता राखिएको छ । यसको म्युटेशन पनि निकै तीब्र भएको बताइएको छ ।

यसैबीच भारतको कर्नाटकका स्वास्थ्य मन्त्री डा. के सुधाकरले दक्षिण अफ्रिकाबाट बेंगलुरु आएका एक यात्रीमा कोभिड–१९ को डेल्टा भेरियन्ट्भन्दा भिन्न लक्षण पाइएको बताएका छन् ।

उनले टेस्टको स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि पठाएको जानकारी दिए ।

दक्षिण अफ्रिकाबाट हालै बेंगलुरु फर्केका दुई व्यक्ति कोभिड संक्रमित पाइएकाम थिए यीमध्ये एक व्यक्ति डेल्टा भेरियन्टद्वारा संक्रमित पाइएका छन् तर अन्य व्यक्तिको संक्रमण डेल्टा भेरियन्टभन्दा भिन्न देखिएको बताइएको छ ।

समाचार एजेन्सी पीटीआईसँग डा. सुधाकरले भने, ‘पछिल्लो ९ महिनादेखि डेल्टा स्ट्रेन देखिएको छ । तर यो संक्रमण थोरै भिन्न छ । म यसबारे आधिकारिक रुपमा केही भन्न सकिन्नँ । म आइसीएमआर र केन्द्र सरकारको आधिकारीसँग सम्पर्कमा छु ।’

मन्त्रीले भने, ‘६३ वर्षका एक व्यक्ति छन् जसको नाम मैले भन्नु हुँदैन । उनको रिपोर्ट थोरै भिन्न छ । यो डेल्टा भेरियन्टभन्दा भिन्न लागिरहेको छ । हामी आइसीएमआरका अधिकारीसँग चर्चा गर्नेछौं र यो के हो भन्नेबारे जानकारी दिनेछौं ।’

उनले भने, ‘हामीले ओमिक्रोन स्ट्रेनमाथि विस्तृत रिपोर्ट मागेका छौं । हामीले १ डिसेम्बरमा स्पष्ट जानकारी पाउनेछौं । त्यसपछि हामी सबै उपाय सुरु गर्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप