बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : मतदानको समय आधा घण्टा थपियो

मङ्गलबार, १४ मङ्सिर २०७८, १० : ०८
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । सोमबार राति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी मंगलबार बिहानबाट मात्र मतदान सुरु भएको हो ।

​अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भइरहेको छ । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् । 

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप