शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : प्रदेश सभापतिका लागि भुपेन्द्रजङ्ग शाही दौडधुपमा, अन्य आकांक्षी को–को छन् ?

मङ्गलबार, १४ मङ्सिर २०७८, ०९ : ५३
मङ्गलबार, १४ मङ्सिर २०७८

आन्तरिक प्रतिस्पर्धामा यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व रहेको कर्णालीमा यो पटक पार्टी सभापति शेरबहादुर देउवा पक्ष अगाडी आएको छ । जिल्लाहरुको अधिवेशन हेर्दा १० वटा जिल्ला रहेको कर्णालीमा आठ जिल्लामा देउवा पक्षले सभापति पाएको छ भने दैलेख र कालिकोटमा मात्रै पौडेल पक्षले सभापति पाएको छ । यो हिसाबले कर्णालीमा पौडेल पक्ष कमजोर बनेको छ ।  

जिल्लाको अधिवेशन सकिएसँगै प्रदेशको अधिवेशनका लागि दौडधुप शुरु हुन थालेको छ । काँग्रेसको प्रदेश अधिवेशन यही मंसिर १६,१७ र १८ गते प्रदेश राजधानीमा हुने भनिएको छ । प्रदेशको अधिवेशनको लागि भनेर नेता कार्यकर्ताहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा आउने क्रम बढेको छ भने छलफल र बहस हुन थालिसकेका छन् । 

पार्टी केन्द्रमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा भए जस्तै कर्णालीमा पनि दुबै पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर, अहिलेसम्म दुवै पक्षका नेताहरुले आधिकारीक रुपमा सभापतिका लागि घोषणा भने गरिसकेको अबस्था छैन् । काँग्रेस स्रोतका अनुसार  संस्थापन पक्षबाट ललितजङ्ग शाह, राजिव विक्रम शाह लगायतका नेताको नाम चर्चामा छ । पौडेल समूहबाट पार्टीका केन्द्रीय सदस्य हृदय राम थानी, भुपेन्द्रजङ्ग शाहीको नाम चर्चामा रहेको छ । यद्यपि, आन्तरिक रुपमा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीभने दौडधुप सुरु गरिसकेका छन् ।

उनी केही दिनअघिदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा नेता कार्यकर्ताबीच छलफलमा जुटिरहेका छन् । हुन त उनले यसअघि सह–महामन्त्रीमा पनि आकाँक्षा देखाएका थिए । उनले पार्टी केन्द्रमा अग्रज नेताहरुको भिडका बीच प्रदेश सभापति लड्ने आकाँक्षा जाहेर गरेका छन्।

युवा माझ निकै लोकप्रिय बनेका र देशभर आफ्नो छुट्टै छवि बनाएका उनी नेविसंघको उपाध्यक्ष र दुई पटक प्रतिनिधिसभाको निर्वाचनमा कालिकोट जिल्लाबाट उम्मेदवार पनि बनिसकेका छन् । उनले कर्णालीका अन्य जिल्लाहरुमा संगठन विस्तारदेखि पार्टीका गतिविधिमा महत्वपुर्ण भुमिका खेलेका छन् भने सबैतिर उनको संगठनात्मक भुमिका समेत रहेको छ ।

उनी पौडेल पक्षिय नेता भनिएपनि समर्ग पार्टीको विकास र रुपान्तरण गरिनुपर्छ भन्ने कुरालाई जोड दिँदै आएका छन् । केही दिन अघि मात्रै उनले काँग्रेस रुपान्तरणका लागि १३ बुँदे प्रस्ताव समेत सार्वजनिक गरेका छन् ।  कर्णालीमा संस्थापन पक्षका नेत पार्टी महामन्त्री पुर्णबहादुर खड्काको प्रभाव पर्ने भएकाले पनि पौडेल पक्षलाई निकै हम्मे पर्ने देखिन्छ । तथापि, युवा नेता शाहीले संस्थापन पक्षबाट नै धेरै मत तान्न सक्ने आंकलन गरेका छन् ।

कर्णालीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आयोजक  संयोजक तोकिएको छ । शाही अहिले प्रदेश सरकारलाई पूर्णता दिने विषयमा रुमलिएका छन् भने सरकार सञ्चालनमा कठिनाई भोगिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप