शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा काँग्रेस सभापतिमा सिटौला पक्षका शेरचन विजयी

मङ्गलबार, १४ मङ्सिर २०७८, ०९ : २१
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली काँग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । 

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो । शेरचन नेता कृष्णप्रसाद सिटौला पक्षका हुन भने उपाध्यायलाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो ।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभयो । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भए । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप