मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : बागलुङ सभापतिमा देउवा निकट शेरचन विजयी

मङ्गलबार, १४ मङ्सिर २०७८, ०९ : १९
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागलुङ सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन । उनी ८७३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी जगदिश चन्द्र उपाध्यायले ७६८ मत पाएका थिए । 

शनिबार भएको मतदानमा तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण कम मत पाएका दोर्ण कुँवर निर्वाचनबाट बाहिरिएका थिए । निर्वाचित शेरचन संस्थापन पक्षका नेता हुन । उनी यस अघिको अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । पराजित उपाध्याय नेता रामचन्द्र पौडेलले निकटका नेता हुन् ।

उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी भएका छन । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन । शर्माले ९०८ र अधिकारीले ७०७ मत पाएका छन् । 

यस्तै सहसचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी भएका छन । सचिवमा विजयी गण्डकी थापा अधिकारी संस्थापन पक्षकी हुन भने सह–सचिवमा निर्वाचित फम बहादुर पनि संस्थापन पक्षका हुन् । अन्य बहुमत पदाधिकारी र सदस्यहरु पौडेल पक्षले जित हासिल गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप