शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरको सभापतिमा देउवा पक्षीय कार्की विजयी

मङ्गलबार, १४ मङ्सिर २०७८, ०९ : १७
मङ्गलबार, १४ मङ्सिर २०७८

 नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।

कार्की सभापति शेरहादुर देउवा निकट हुन भने बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन् ।

यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन् । सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा राकुमार राई  विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप