शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिता विपरीतका गतिविधिको विरोध गर्दा जाइलाग्ने कार्य भयोः भीम रावल

मङ्गलबार, १४ मङ्सिर २०७८, ०८ : ४२
मङ्गलबार, १४ मङ्सिर २०७८

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् । उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् । 

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’, उनले ट्वीटरमा भनेका छन्,' उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि विवाद भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप