शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा सवा ८ बजेसम्म खस्यो १ हजार २५० मत

मङ्गलबार, १४ मङ्सिर २०७८, ०८ : ३५
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मंगलबार बिहानैबाट सुरु भएको मतदानमा सवा ८ बजेसम्म १ हजार २५० मत खसेको छ ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार २१५३ कूल महाधिवेशन प्रतिनिधिमध्ये १ हजार २५० जानले मत खसालेका छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । 

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् । अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

 ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टिम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप